नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २०५९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म भाइरसबाट संक्रमित भएकाहरुको संख्या १ लाख ६ सय ७६ जना पुगेको जनाएको छ । संक्रमित भएका मध्ये ६०० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको । एक लाख संक्रमित भएकोमा ७३ हजार २३ जनालाई भने कोरोना निको भएर फर्किएका छन् । अहिले देशभर २७ हजार ५३ संक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय राजधानी काठमाडौमा कोरोना संक्रमण तीब्र गतिमा फैलिएको छ । शुक्रबार मात्र काठमाडौं उपत्यकाका १४०९ जनामा भाइरसको संक्रमण भएको छ । शुक्रबार काठमाडौं जिल्लामा १११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा कोरोना देखिएको छ ।

त्यसैगरी मोरङका ८६ जना, मकवानपुरका ६७, दाङका ६५, चितवनका ५१, बाँकेका ४५, काभ्रेका ४०, कास्कीका २८, सुनसरीका २६, नवलपुरका २५, रामेछापका १९, महोत्तरीा १७, पर्साका १५, गोरखाका १२, बारा र सिन्धुली ११ जना, रौतहट र बर्दियाका ९र९ जना, झापा, तनहुँ र दैलेखका ८र८ जना, सर्लाही र धादिङका ७र७ जना तथा सिन्धुपाल्चोकका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

गुल्मी र कालीकोटका ५र५ जना, नुवाकोटका ४, खोटाङ, धनुषा, दोलखा, पर्वत, लमजुङ, अर्घाखाँची, प्युठान, रुपन्देही सल्यान र सुर्खेतका ३र३ जना, धनकुटा, बाग्लुङ, पाल्पा, रुकुम पूर्व, रोल्पा, कञ्चनपुर र कैलालीका २र२ जना तथा उदयपुर, भोजपुर, सप्तरी, सिराहा, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम,डोटी र बैतडीका १र१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Loading...