लिबियामा सात भारतीय नागरिकको अपहरण

लिबियामा सात जना भारतीय नागरिक अपहरणमा परेका छन्। लिबियाको एक कन्स्ट्रक्शन तथा तेल प्रशोधन केन्द्रमा कार्यरत सात जना भारतीयको अपहरण भएको हो।

भारत फर्कनका लागि विमानस्थल जाने क्रममा उनीहरु अपहरणमा परेका हुन्। अपहरणकारीको पहिचान नखुलेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

भारत सरकारले आफ्ना नागिरकको रिहाइका लागि लिबियाली सरकारलाई आग्रह गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गरी उनीहरुलाई अपहरण मुक्त गर्न लिबियाली सरकारलाई आग्रह गरेको हो।

अपहरणमा परेकाहरु भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका बासिन्दा हुन्।

Loading...