भाद्र २४ ,काठमाडौँ। काठमाडौं उपत्यकामा भोलि बिहिबार बाट ब्यापार -ब्यबसाय खुल्ला हुने भएको छ। भाद्रा ३ बात लागु भएको निषेधाज्ञा: खुकुलो पार्दै भोलिदेखि सार्वजनिक तथा निजी यातायात समेत खोल्ने निर्णय गरिएको छ।

बुधबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गरेको हो।
स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गरेर धेरै क्षेत्र खोल्ने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताउनु भयो।

यातायातमा जोरविजोर प्रणाली र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरेर धेरै क्षेत्र खुल्न दिने निर्णय भए पनि बढी भेला-जम्मा हुने क्षेत्रलाई भने खुल्न नदिने प्रशासनको निर्णय छ।

Loading...