काठमाडौं । मौसम बिज्ञान विभागले मुलुकका विभिन्न स्थानमा तीन दिन भरि बर्ष हुने जनाएको छ। विभागले विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा समेत हुने जानकारी दिएको छ । मौसम बदली भई गए रातिदेखि नै मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ । मौसमविद् शान्ति कँडेलले आजदेखि तीन दिन नै मौसम बदली भई ठाउँठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिइन् ।

Loading...