भीम धिताल र जिशु कोइरालाको सहकार्यमा “एउटा खुशी” सार्वजनिक

क्यानडामा हुर्के बढेकी जिशु कोइराला अभिनित एउटा खुशी म्युजिक भिडियो वैशाख १७ गतेबाट नेपाली रंग दुनियामा सार्वजनिक भएको छ । उनी चिकित्सा शास्त्रमा एमविविएस (MBBS) अध्ययन गर्न नेपाल आएकी हुन् ।

 बहुचर्चित मोडेल बिक्रम बुढाथोकीसँग  मोडेल जिसु कोइरालाले अभिनय गरेकी छिन् । भिडियोमा दुवै मोडेलको दमदार अभिनय देख्न सकिन्छ । भिडियोलाई राजिब समर र भिम धिताल ले निर्देशन गरेका हुन् , भिडियो को छायाकार दिनेश पराजुलीले गरेका हुन्  भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन्, “एउटा खुशी” गीत तथा भिडियोलाई भिम धितालले लगानी गरेका हुन्, यो गीतको भिडियो भिम धितालको अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।

भिडियोमा अभिनय गरेकी मोडेल जिसु कोइराला चिकित्साशास्त्र अध्ययन गरेकी मोडल हुन्  अहिले चितवनको भरतपुरस्थित मेडिकल कलेजमा अध्ययनरत जीसु मोडलिङ र म्यूजिक भिडियोमा अभिनय गरेर नेपाली अभिनयको जगतमा प्रवेश गरेकी छिन् । भविष्यकी मेडिकल डाक्टर तथा सिनेमा जगतमा जम्नसक्ने क्षमताकी धनी जीसु कोइराला अर्थशास्त्री बाबु र समाजशास्त्री आमाकी एक मात्र सन्तान हुन्  उनले यस अघि लाजले छोपेको छ, कसो गर्ने होला, तिमीलाई मेरो आफ्नो भन्नू, मलाई माया गर्छौ र जस्ता भिडियोमा अभिनय गरिसकेकी छन् ।

बहुचर्चित गायिका अन्जु पन्त र सर्जक तथा गायक बिशाल निरौला को आवाज रहेको गीत “एउटा खुशी” को भिडियो आज सार्बजनिक भएको छ । किरण के उप्रेती को शब्द रचना रहेको गीतलाई ज्ञानेन्द्र गीरी ले संगीत भरेका हुन् । निकै मिठासपूर्ण र प्रेमिल भाव दर्शिएको गीतलाइ अलंकार डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो समग्रमा भन्नुपर्दा गीतको अडियो पक्ष निकै अब्बल छ ।”एउटा खुशी”  गीतको  म्युजिक भिडियो पनि निकै उत्कृष्ट निर्माण  भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् –

Loading...