जनता आवासका लागि पहिलो किस्तामा सवा दुई करोडभन्दा धेरै भुक्तानी

हुम्ला । सबैलाई वर्ग, क्षेत्र र समुदायलाई सुरक्षित आवासको व्यवस्था गर्नका लागि कर्नाली प्रदेश सरकारबाट आ.व. २०७६÷०७७ का लागि हुम्लामा पहिलो किस्तामा दुई करोड ३० लाख ५५ हजार भुक्तानी भएको छ ।

पूरै घर निर्माणका लागि जनश्रमदान छोडेर प्रदेश सरकारबाट प्रति घर बनाउनका लागि चार लाख रकम चार किस्तामा प्राप्त हुने प्रावधान जनता आवास सम्बन्धी कार्यविधि, कर्नाली प्रदेश सरकार २०७५ मा उल्लेख भएको छ ।

आ.व. २०७६÷०७७ मा हुम्लाको प्रदेश निर्वाचन क्षेत्र क र खका विपन्न वर्गका समुदायहरूलाई प्राप्त भएका दुई सय ६५ घरहरू निर्माणको क्रममा भएकाले यसका लागि आवश्यक पर्ने पहिलो किस्ता वापत प्रति घर ८७ हजारका दरले भुक्तानी दिइएको पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीले जानकारी दिएका छन् ।

कर्नाली प्रदेश निर्वाचन क्षेत्र कका लागि एक सय १९ घर निर्माणका क्रममा रहेका छन् भने प्रदेश निर्वाचन क्षेत्र खका लागि एक सय ३२ घर निर्माधिन अवस्थामा रहेका छन् ।

Loading...