महंगी भत्तामै बेरुजु देखाएपछि कासहरु आन्दोलित

हुम्ला । हुम्ला जिल्लामा स्थापित सरकारी कार्यालयहरुमा कार्यरत कासहरुले आ.व. २०७६/०७७ मा दुर्गम जिल्लामा कार्यरत कासहरुले मासिक दुई हजारको महंगी भत्ता पाउँदै आएका छन् ।

कोलेनिका हुम्लाले आलेपमा गर्दा यो रकमा बेरुजु निकाल्दा हुुम्लाका संघीयस्तरका सरकारी कार्यालयहरुमा कार्यरत कासहरु आन्दोलित भएको छन् । उनीहरुले विभिन्न माग सुनुवाई भए विभिन्न चरणमा आन्दोलन गर्ने मालपोत कार्यालय हुम्लामा कार्यरत कास राज शाहीले बताएका छन् ।

उनीहरु ३३ जनाले आ.व. २०७६/०७७मा १२ महिना खाईपाई आएको २४ हजार नेपाल सरकारको खातामा जम्मा गर्नु पर्ने आलेपले लगत निकाल्दा उनीहरु आन्दोलित भएर कोलेनिका हुम्लामा घेराउ गरी जिल्ला प्रशासन कार्यालय हुम्लामा मागपत्र पेश गरेका छन् ।

उनीहरुले कार्यालय प्रमुखहरु महिनौं दिन जिल्ला बाहिर रहेर पनि दैनिक उपस्थितीको हाजीर लगाएर तलब, भत्ता र अन्य सेवा सुविधा कागजी रुपमा मिलाएर खाने तर दिनहुँ कार्यलयमा सीमित सेवा सुविधा पाएर पनि स्थायी र अस्थायी कर्मचारीभन्दा धेरै खटेर काम गर्दा सरकारको यस्तो निर्णय प्रति घोर आपत्ती जनाएर यो मागपत्र पेश गरेका छौं । समयमै सुनुवाई नभएर विभिन्न कार्यालयहरुका हाकीम, लेखापाल र अन्य कर्मचारीहरुले अनावश्यक रुपमा मिलाएर खाने हिसाब किताब बाहिर ल्याउन बाध्य हुने जिल्ला प्रशासन कार्यालय हुम्लाका कास बाँचबहादुर बोहराले जानकारी दिएका छन् ।

यदि आलेपले निकालेको बेरुजु अनुसार रकम फिर्ता गर्नु परेमा जनही २४ हजारका दरले फिर्ता दिनुपर्ने भएको छ । उनीहरु सबैले ७ लाख ९२ हजार फिर्ता दिनुपर्ने देखिन्छ ।

Loading...