भारतले सैनिक तैनाथी बढाएपछि सीमा क्षेत्रमा चिनयाँ सेनाले गर्यो युद्ध अभ्यास

एजेन्सी । भारतसँग सीमा विवाद बढिरहेका बेला चीनले सीमा क्षेत्रमा युद्ध अभ्यास गरेको खुलेको छ ।

चीनले भारतीय सीमा क्षेत्र नजिक तोपगोला प्रयोग गरी युद्ध अभ्यास गरेको सीसीटीभीले जनाएको छ। चिनियाँ सेनाको तिब्बत सैन्य क्षेत्रमा गत महिनाको अन्त्यमा ४ हजार ६ मिटरको उचाइमा क्षेप्यास्त्र प्रहारसहितको अभ्यास गरेको हो ।

गत जुन १५ मा दिन दुई देशका सैनिकबीच लद्दाखको गलवान क्षेत्रमा झडप हुँदा २० भारतीय सैनिकको ज्यान गएपछि भारतले सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाएपछि चीनले पनि सैन्य अभ्यास गरेको हो ।

चिनिया जनमुक्ति सेनाले १२२ एमएको सवारी साधनमा राखेर पड्काउन मिल्ने होवित्जर तोप र एचजे–१० एन्टी ट्यांक क्षेप्यास्त्र प्रहार गरेर अभ्यास गरेको बताइएको छ ।

उता भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले पनि चीनविरूद्ध लड्न परे भारतीय सेना तयारी अवस्थामा रहेको बताइसकेका छन् ।

भारतको संसदीय समितिलाई सेनाको अवस्थाबारे जानकारी दिने क्रममा रावतले भारत-चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनलाई टक्कर दिन भारतीय सेना तयार रहेको जनाएका थिए ।

Loading...