यूएईको शारजाहमा दुई नेपालीको बिभत्स हत्या, ग्याङ फाइटमा मारिएको हुनसक्ने प्रहरी दावी

काठमाडौं । यूनाइटेड अरब इमिरेटस (यूएई)को शारजाह शहरमा दुई नेपालीको हत्या भएको छ । दुई समूह बीच झगडा भएपछि उनीहरुको हत्या भएको हुनसक्ने यूएई प्रहरीले जनाएको छ ।

झगडाले उग्ररुप लिएपछि उनीहरुलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको यूएईबाट प्रकाशित हुने गल्फ न्यूजले जनाएको छ ।

मृतकहरुको अनुहार, घाँटी, छाती तथा पेटमा निलडाम रहेको प्रहरीले जनाएको छ । यूएई प्रहरीले हत्या गरिएका नेपाली नागरिक को हुन् भन्ने बारे अहिलेसम्म पहिचान नखुलाए पनि उनीहरुको सांकेतिक नाम जेके २६ र एमआर ३७ रहेको जनाएको छ ।

शव अहिले पोस्टमाटमको लागि हस्पिटल लागिएको लगिएको छ । घटना अगस्ट ८ तारिखको दिन भएको प्रहरी जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Loading...