न्युरोड लगाएत काठमाडौँ महानगर पालिकाका चार वटा वडा पूर्ण रुपमा बन्द

 

काठमाडौँ। कोरोना भाइरसका कारण काठमाडौँ महानगर पालिका भित्रका स्थानमा संक्रमण देखाएका प्रमुख व्यापारिक केन्द्रका चार वडा पूर्ण रुपमा बन्द गरिएको छ। नयासडक न्युरोड क्षेत्रका २१, २२, १२, २७ वडा रहेका क्षेत्रहरु बुधबार बाट बन्द गरिएको हो।

यसैगरि टेकु १२ वडाका क्षेत्रमा रहेका ७८ बर्षिया वृदा कोरानाका कारण मृत्यु भएको पुस्टि हुदा सो स्थान सिल गरिएको छ। तीन दिन अगाडी झाडा वान्ता समस्याका कारण शुक्रराज ट्रपिकल टेकु अस्पतालले भर्ना गर्न नमाने पछि उनलाई ललितपुरको पाटन अस्पताल भर्ना गरिएकोमा बुधबार मृत्यु भएको हो।

उनको त्यसै दिन स्वाब परिक्षण गरिएकोमा रिर्पोट पोजिटिभ आएको थियो। मृत्यु भएका वृदा मदुम्ह विरामी सुगर, थाइराइड लगाएत स्वास्थ्य समस्या काठमाडौँ महानगर पालिका १२ वडाका स्वास्थ्य क्लिनिक प्रमुखले जानकारी दिएका छन् ।

Loading...