नीलकण्ठको ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ सार्वजनिक

चितवन । सर्जक नीलकण्ठ सुबेदीको शब्दमा ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ भन्ने तीजको गीत सार्वजनिक भएको छ ।

चितवनको गुन्जनगरमा स्थायी घर रही अमेरिकाको भर्जिनियामा बस्दै आएका सुबेदीको तिजको गीतमा कोरोनाका कारण तीजलाई पर्ने प्रभाव र देशले भोगिरहेको समस्याका विषयलाई उठाइएको छ । अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङ्ग्टन डिसि च्याप्टरका सचिव समेत रहेका सुबेदी भन्छन्, “हिन्दु नेपाली नारीहरूको महानचार्ड तीज पर्वमा कोभिड-१९ को महामारीबाट सुरक्षित रहदै आफ्नै घरमा रहेर डिजिटल माध्यमबाट मनाउन तीजको यो गीतले सन्देश दिएको छ ।”

सुवेदीका अघिल्लो वर्षका तीजका गीतहरूमा माइत जाने, दर खाने नाच्ने, दिदी बहिनी लिन जाने लगायतका विषय रहेका थिए । राम कार्कीको संगीत रहेको सो गीतमा एलिना चौहानले स्वर दिएकी छिन् भने सुरेश थापाले भिडियो निर्देशन गरेका छन् । ओएस्आर डिजिटल च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा इन्टरनेटमार्फत् साथी-संगीसँग तीज मनाउन आग्रह गरिएको छ । गीतको भिडियोमा सुरेश थापा, अनिता दंगाल, गणेश आमी लगायतको अभिनय रहेको छ ।

कोरोनाको कहरको यो समयमा गीतले सकारात्मक सन्देश प्रवाह गर्ने गीत रचनाकार सुवेदीको विश्वास छ । यसैगरी, डिसी मेट्रो क्षेत्र अन्तर्गत सामुहिक रुपले तीजका दिन मनाइने डिसी मेट्रो परिवार भर्चुअल तीज कार्यक्रममा यो गीतलाई प्रस्तुत गरिने सुवेदीले जानकारी दिए । ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ गीत यो लिंकमा सुन्न सकिनेछ ।

Loading...