विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता पक्राउ

नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला नेता प्रेम लामा भनिने प्रशान्तकुमार मोक्तान पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।

३३ वर्षीय मोक्तानलाई भक्तपुरबाट गिरफ्तार गरिएको भनिएपनि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले त्यसलाई इन्कार गरेको छ । भक्तपुरको सूर्यविनायकबाट उनलाई गिरफ्तार गरिएको भनिएपनि काभ्रे प्रहरीले उनलाई रोशी गाउँपालिकास्थित उनकै निवास बाट गिरफ्तार गरिएको जानकारी गराएको हो ।

प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले मोक्तानलाई अभद्र ब्यवहार कसुर अन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट सात दिनको म्याद थप गरी उनीमाथि आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएका छन् ।

Loading...