नारायणको शिरमा तेल चढाउडा दायाँ र बायाँ बग्दा छुट्टा छुटै अनुमान लाग्ने त्यो मन्दिर

जेष्ठ २३ ,काठमाडौँ। यस मन्दिरमा रहेको शिला पत्रमा उल्ल्लेखित विरण्चिको अर्थ खुल्न सकेको छैन ,तथापि नेपाल भाषामा “अट” को अर्थ पुरानो परम्परागत लुगाधुने माटोको लुगाधुने बाटा  र “को” भन्नाले तल्लो अर्थात् गहिरो धरातलीय परिवेश्बिच बुझिन्छ। ने स ७०८ मा राजा शिव शिंह देव मल्लकि रानी गङ्गा महारानीले निर्माण गराएको यस देवस्थललाइ अट्कोनरयण भनिएको हो। उपत्यकाका प्रशिद्द चार नारायण फर्पिंगको शेष नारायण , गोदाम चौर ललितपुरको विशंखुनारायणलाइ चाँगु नारायणको प्रकृतिको माम्निन्छ। हरि हरि वाहन लोकेश्वोर चाँगुनारायणको रुपमा पुजिने अट्कोनारायण काठमाडौँ महानगर पालिका वडा न २३मा पर्दछ। नेवा जातिका बज्राचार्य समुदायले यस नारायणलाइ कुलदेवता मानिनुमा दुइवटा सम्भावना देखाउछ। गङ्गा महारानीले बौधबिहार रहेको स्थानमा नारायण स्थापना गरिन वा नारायण सम्प्रदायहरु बौद्धबिहार रहेको स्थानमा दिक्षित् भए ? प्रत्यक बर्ष कार्तिक एकादशीका दिन भि द्य: टोलका ठकुरी मल्ल राजाका प्रतिनिधिले मन्दिरको दायाँ ध्वजा पटका सहित लिङ्गो उठाई आश्विन पंचमीको मध्ये रातमा विधिपुर्वक पुजा गरि बाजागाजा सहित बागमती नदि किनारमा अवस्थात पचली भैरव सम्म लाने परम्परा रही आएको छ। अट्को नारायण बारे रोचक पक्ष भने बेग्लै एस प्रकार रहेको छ – बच्चा जन्माउन नसकी प्रशव वेदनाले छात्पताइ रहेकी सुत्केरीका नाउमा तेल चढाउने पुरानो ररम्परा रहेको छ। नारायणको शिरमा तेल चढाउडा दाया बार बगे छोरा बायाँ बगे छोरी हुन्छ भन्ने जनविश्वास पाइन्छ। यो क्षेत्रमा परम्परागत तेल पेल्ने प्रसस्त मिलहरु रहेको कारण पनि तेल चढाउने परम्परा रहेको हुन सक्नेमा दुइमत नरहन सक्ने देखिन्छ। 

 

फोटो – बुद्ध शरण शाही

 

 

नेपाल मण्डल सम्पदा बात

Loading...