वृत्तचित्र बनाउने नेपाली युवाको शव गंगा किनारमा भेटियो

एजेन्सी, भारतको राजधानी दिल्लीको जामिया मिलिया इस्लामियाको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टिमा अध्यनरत नेपाली विद्यार्थी मिलन पौडेलको शव गंगा किनारमा भेटिएको छ । उत्तराञ्चल राज्यको ऋषिकेशस्थित गंगा नदी किनारमा पौडेलको शव भेटिएको हो । पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

गत मंगलबार होलीपर्वका अवसरमा ४ जना साथीसँगै मिलन दिल्लीबाट ऋषिकेश पुगेका र पौडी खेल्ने क्रममा तपोवन क्षेत्रको गंगा नदीमा डुब्न पुगेको स्थानीय प्रहरीले जानकारी दिएको छ । मिलन पानीमा डुबेपछि उनलाई बचाउन गएका जम्मु–कश्मीर घर भएका तुषार कौशिकको समेत मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

नदीबाट मिलनका अरु दुईजना साथीलाई भने एकजना जर्मन पर्यटकले जीवितै उद्धार गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । वृत्तचित्र तथा छोटा चलचित्रमा भविष्य बनाउँदै गरेका २५ वर्षीय मिलन ३ महिनायता दिल्लीमा भड्किएको धार्मिक दंगाको वृत्तचित्र बनाउने काम गरिरहेका थिए ।

Loading...