स्वागत र बिदाइमा नआउनु : त्रिभुवन विमानस्थल

कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले ठुला भेला सम्मेलन आयोजना नगर्न अनुरोध गरेको भोलिपल्टै नेपाल नागरिक उड्ययन प्राधिकरणको त्रिभुवन विमानस्थलले आफन्तको स्वागत र बिदाईका लागि नआउन अपिल गरेको छ ।

सोमबार त्रिभुवन विमानस्थल कार्यालयका महा प्रवन्धकले एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो अपिल गरेका हुन् । त्यतिमात्र होइन विमंस्थाल्ले प्रदान गर्दै आएको आगन्तुक प्रवेश पास समेत अनिश्चितकालका लागि रोकिएको छ ।

देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ” अत्यावश्यक बाहेक स्वागत र बिदाइमा नआउनु र आए पनि अनिवार्य मास्कको प्रयोग गर्नुहुन् अनुरोध छ । ”

हेर्नुस सूचना

Loading...