महानगरको अनुदानमा दीप्याखं (देवीनाच) को आगंछेँ पुनः निर्माण

फागुन १९ ,काठमाडौँ ।    काठमाडौँ महानगर पालिका १८ वडा स्थित किंला घ: टोलमा रहेको दीप्याखं (देवीनाच) को आगंछेँ (आगमघर)पुनःनिर्माण हुने भएको छ ।

सोमबार काठमाडौँ महानगर पालिकामा मेयर बिद्या सुन्दर शाक्यले उक्त आगंछेँ (आगमघर) को बैदिक परम्पराका बीच सिल्यानस गर्नुभयो । 

उपत्यकामा मनाइने इन्द्रजात्रका दिन निकालिने यो देबीनाच काठमाडौँका विभिन्न नाच मध्ये महत्वपूर्ण र ऐतिहासिक नाच भएको र यो नाचलाई दैत्य र कुमारी बीचको युद्ध जसलाई युद्ध कथा संग जोडिएको नाचको को रुपमा हेरिन्छ ।

महानगरको अनुदानमा पुननिर्माण हुदै गरेको उक्त आगमघरलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६ /०७७ मा १ करोड बजेट विनियोजन गरीसकेको छ । भबनको सम्पूर्ण निर्माण सम्पन्नको लागि करीब ७ करोड लाग्ने अनुमान गरिएको छ ।

देवी नाच (दी प्याखं) प्रवद्र्धन तथा संरक्षण समितिका अनुसार पाँच तलाको सो आगमघरलाई संग्रहालयका रुपमा समेत बिकास गर्ने देवी नाच (दी प्याखं) प्रवद्र्धन तथा संरक्षण समितिको योजना रहेको छ ।

सिलान्यास कार्येक्रममा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर ,उपमेयर हरिप्रभा खड्गी ,संासद कृष्ण गोपाल श्रेष्ठ लगाएतको अथितीको रुपमा सहभागी भएका थिए ।

Loading...