यि हुन प्रधानमन्त्री ओलीलाई मृगौला दिने समीक्षा

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपण गर्न सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुँदैछन् । चिकित्सकले बुधबार उनको मृगौला प्रत्यारोपण गर्ने समय तोकेका छन् ।

प्रधानमन्त्री ओली लामै समय बस्नुपर्ने भएकाले अहिले शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच कडा बनाइएको छ । नेपाली सेनाले तालिम प्राप्त कुकुरलाई रेकी गर्न खटाएको छ । प्रधानमन्त्री ओलीसँग शिक्षण अस्पतालका चिकित्सकहरूको मिटिङ बस्दैछ । ओलीको मृगौला प्रत्यारोपण गर्न भारतबाट चिकित्सक झिकाइएको छ ।

डा।प्रेमराज ज्ञवालीले नेतृत्वमा ओलीको मृगौला प्रत्यारोपण गरिँदैछ । १२ वर्षअघि नयाँ दिल्लीको एपोलो अस्पतालमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मृगौला दिएकी थिइन् । पहिलेको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो । ओलीलाई अहिले नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिन लागेकी हुन् । केही समययता उनी प्रधानमन्त्री निवास बालुवाटारमा बाक्लै आउजाउ गरिरहेकी थिइन् ।

आइतबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मृगौला दान दिने महिलाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मृगौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया समीक्षा झापाकी हुन् । ओलीलाई पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी भान्जी हुन् । सोही कारण प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता परेकी हुन् ।

शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मृगौला दिने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ । जसमा लेखिएको छ, ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) । भान्जीले–मामालाई ।’ रेकर्ड फाइलमा समीक्षाका साथै उनका पतिको नाम र फोन नम्बर पनि लेखिएको छ । साथै, प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत राजेश बज्राचार्यको पनि नाम लेखिएको छ । समीक्षा र उनका पति प्रधानमन्त्री ओलीकहाँ आउजाउ गरिरहने पाइएको छ । उनीहरूले प्रधानमन्त्रीबाट दशैंमा टीका लगाउने गरेका छन् । समीक्षाका दुई सन्तान रहेको बुझिएको छ ।

Loading...