माघ १५ ,काठमाडौँ । नेपाल प्रहरीको इतिहासमा नै पहिलो पटक अपराध न्यूनीकरणमा समुदाय, स्थानीय तह, विद्यालय र सामाजिक संघसंस्था संग सहकार्य अभिवृद्धि गर्ने उद्देश्य थालिएको समुदाय प्रहरी साझेदारी अभियान सफल गराउन बिषेस योगदान पुर्याए बापत प्रहरी महनिरिक्षक सर्वेन्द्र खनाललाइ नागरिक अभिनन्दन गरिने भएको छ ।
नेपाल खड्गी सेवा समितिको सातौं राष्ट्रिय महाधिवेशनका अवसरमा शनिबार महनिरिक्षक खानलाई नगरी तथा सामाजिक स्तर बाट अभिनन्दन गरिन लागिएको हो ।
काठमाडौँको दरवार क्षेत्र बसन्तपुरमा हुने कार्येक्रममा १३ औं दक्षिण एसियाली खेलकुद साग बक्सिङ्गमा स्वर्ण पदक बिजेता सनिल शाही र तेक्वान्दो खेलमा रजत पदक बिजेता मनिता शाहीलाइ नगद सहत सम्मान गरिने भएको छ । यसैगरि समुदाय, मौलिक परम्परा ,स्थानीय बिषयलाइ प्राथमिकताका साथ विभिन्न सञ्चार माध्यम बात नागरिकमा सुसूचित गर्न बिषेश योगदान पुर्याउने ६ जना पत्रकार , समाजका बिषेश ब्यक्तित्वका साथै फुटसल प्रतियोगितामा बिजयी खेलाडीलाइ नगद सम्मान गरिने समितिका अध्क्षय अन्जिता खड्गीले बताउनु भयो ।
सो कार्येक्रममा प्रमुख अतिथि काठमाडौँ महानगर पालिकाका प्रमुख बिद्या सुन्दर शाक्य विशिष्ट अथिति पुर्व मात्री अष्ट लक्ष्मी शाक्य , प्रहरी महनिरिक्षक सर्वेन्द्र खनाल ,अतिथिमा प्रहरी नायव निरिक्षक विश्वराज पोखरेल ,प्रहरी वरिष्ठ उपरिक्षक उत्तम राज सुवेदी , बरिष्ठ उपरिक्षक सहकुल थापा र बरिष्ठ उपरिक्षक उमेश राज जोशी लगाएत अन्य विभिन्न सामाजिक संस्था आबद्द व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् ।  

Loading...