मोहन कार्की जिवन्तलाई प्रचण्डले गराए पार्टी प्रवेश

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ समहूका पोलिटब्यूरो सदस्य मोहन कार्की नेकपामा प्रवेश गरेका छन । उनीसँगै विप्लव समूहकै नेतृ सरिता कार्की पनि नेकपामा प्रवेश गरेकी छिन । उनीहरूलाइ शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपामा स्वागत गरे ।

कार्कीद्धयलाइ पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गरे । दाहालले तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र अन्य कम्युनिष्ट पार्टीहरुलाई समय छँदै जतिसक्दो चाँडो पार्टी एकताबद्ध हुन अनुरोध गरे । अध्यक्ष दाहालले तत्कालीन नेकपा (माओवादी र नेकपा (एमाले) बीचको एकतापछि मुलुकमा राजनीतिक स्थायित्व, स्थिर सरकार गठनसँगै आर्थिक विकास हुँदै मुलुक समृद्धिको बाटोमा अग्रसर भएको बताए ।

नेता कार्कीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आर्थिक विकाससँगै वैज्ञानिक समाजवादलाई पूरा गर्ने लक्षण देखेर आफूहरु पार्टी प्रवेश गरेको प्रष्ट परे । शनिबार नेकपा कार्यलय धुम्बाराहीमा पुगेर पार्टी प्रवेश गरेका कार्कीले विप्लवसँग राजनीतिक साहस, नैतिकता र इमानदारिता नभएको कारण आफूले उनको साथ छोडेको बताए । उनले विप्लवहरु सैद्धान्तिक रुपमा भन्दा पनि फौजी रुपमा हिंसात्मक तरिकाले अगाडि बढेको बताए ।

आफुले पार्टीभित्र रहँदा बम पड्काउने कामको पनि विरोध गरेको बताए । उनले भने ‘बम किन हानिरहेको भनेर सोध्दा हानेको छैन भन्थे तर बम पड्किरहेका हुन्थे’ ।

विप्लव वार्ता गर्ने आफ्नै निर्णयमा अड्न नसकेको बताउँदै कार्कीले भने, ‘उहाँले आफूले गरेका कुरा र कामको ओनरसिप लिन सक्ने अवस्था देखिएन ।’

 

Loading...