मैले राजीनामा किन दिने ? महरालाई रोश्नी भेट्न जाउ भनेर मैले पठाएको होर? 

काठमाडौं, २७ पुस । सत्तारुढ नेकपाको सचिवालय बैठकले उपसभामुख शिबमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन भने पनि उनले भने राजीनामा नदिने स्पष्ट पारेकी छन् ।आज बिहानको कुराकानीमा उनले भनिन्,‘‘ मैले व्यवस्थापिकालाई शून्यतामा छोडेर राजीनामा दिन मिल्दैन । उपसभामुखलाई पार्टीले निर्देशन दिन पनि मिल्दैन । त्यसैले म आफ्नो काममा खटिइ रहनेछु । ’’ उनले नेकपाको हिजोको निर्णयबारेमा आफूले औपचारिक रुपमा पत्र पाइनसकेको जनाउँदै त्यस्तो पत्र आएमा परिमार्जन गर्न लगाउने उल्लेख गरिन् ।

कतिपय नेताले महाअभियोग लगाउन सक्ने खालको चेतावनी मिडियामार्फत दिएको प्रसंगमा जिज्ञासा राख्दा उनको भनाइ थियो,‘‘ सक्छन् भने महाअभियोग लगाउन् । मलाई कुनै चिन्ता छैन ।’’उनले तत्कालीन सभामुख कृष्णबहादुर महरालाई आफुले यौन काण्डमा फस्न नपठाएको फेरि पनि दोहोर्‍याउँदै उनले गरेको गल्तीको सजाय आफूले बेहोर्न नसक्नेसमेत जनाइन् ।

उनले सभामुख पद यति लामो समयदेखि खालि हुँदा पनि दलहरुले कुनै चासो नदिएकोमा चिन्ता व्यक्त गर्दै उनले भनिन पहिला बहुमत भएको दलले सभामुखको उम्मेदवार अगाडि ल्याओस् त्यसपछि के गर्ने हो गरुम्ला ।’’

उनले संविधानको धारा ९१ को उपधारा ६ को ग उद्धृत समेत गरिन् । सो धाराको उपधारा ६ मा देहायको कुनै अवस्थामा प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त हुनेछ भन्दै ग मा भनिएको छ निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतबाट पारित भएमा ।’’ तर, नेकपासँग अहिले दुई तिहाई बहुमत छैन ।

उक्त उपधाराको क मा निज प्रतिनिधि सभाको सदस्य नरहेमा भन्ने उल्लेख गर्दै भनिएको छ,‘‘तर, प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।’’ त्यस्तै ख मा भनिएको छ निजले लिखित राजीनामा दिएमा ।’’ उपसभामुखले भने आवश्यक संवैधानिक प्रक्रिया नपुगी आफूले राजीनामा नदिने पटक पटक दोहोर्‍याइन्

Loading...