९ कक्षामा अध्ययनरत किशोरले बनाए व्याट्रीबाटै चल्ने बाइक

बागलुङ, १० मंसिर । एक युवकले ब्याट्रीबाट चल्ने बाइक बनाएका छन् । ‘चिल्ड्रेन लाइफ इङलिस बोर्डिङ स्कुल’ बागलुङमा अध्यनरत विद्यार्थीले व्याट्रीबाट चल्ने मोटर साइकल इलेक्ट्रिक बाइक बनाएका हुन् ।

बागलुङ नगरपालिका–२ अदालतरोड घर भएका गणेश श्रेष्ठले ४८ भोल्टको मोटर व्याट्रीबाट चल्ने बाइक निमार्ण गरेका हुन् । इलेक्ट्रिक बाइकमा ४ वटा लिडएसिड व्याट्री, एउटा १२ भोल्टको व्याट्री, २० एम्पयरको एउटा व्याट्री, १ पिस कन्ट्रोलर, १ एक्सिलेटर र बाइकको पुरानो फ्रेम प्रयोग गरिएको छ । कक्षा ९ मा अध्ययनरत श्रेष्ठले युट्यवको सहायतामा बाइक बनाएको बताए । गत साउनदेखि बाइक बनाउने काम शुरु गरेका श्रेष्ठले मंसिरमा सकेर विद्यालयमा प्रदर्शन गरेका हुन् ।

यसअघि श्रेष्ठले ‘क्ल्याफ स्विच वल्भ’, ‘स्फिकर इन्भटर’ जस्ता इलेक्ट्रिक सामान बनाएका थिए । बाइक निर्माणमा व्यक्तिगत ६० हजार लगानी भएको थियो भने विद्यालयले व्याट्री सहयोग गरेको थियो । फुर्सदको समयमा नयाँ(नयाँ खोज र अनुसन्धामा ध्यान दिने श्रेष्ठले भविष्यमा इलेक्ट्रिक इन्जिनियर बन्ने लक्ष्य लिएको बताएका छन् ।

Loading...