विहान ११ बजे नवनियुक्त मन्त्रीको सपथ

काठमाडौं ५ मंसिर । सरकारका काम चुस्त दुरुस्त बनाउनका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन । उनले ६ मन्त्री र दुई राज्यमन्त्रीलाई बर्खास्त गरेर मन्त्रीमण्डल हेरफेर गरेका हुन ।

राष्ट्रपति कार्यालयले हिजो साँझ नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी दिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएअनुसार नवयिनुक्त मन्त्रीहरूको आज बिहान सपथग्रहण हुनेछ ।

मन्त्रीहरुको सपथग्रहणका लागि विहान ११ बजेको समय तय गरिएको छ । प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको जिम्मेवारी हेरफेर गर्दै कानूनमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाएका छन भने यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई मन्त्रिमण्डलबाट हटाएका छन ।

पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ । चारै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए । पूर्व माओवादीको कोटाबाट सरकारमा गएका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाल, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

केही मन्त्रीलाई हटाईएको विषयमा सामाजिक सञ्जालमा विरोध पनि भएको छ । कतिपयले आलोचित मन्त्रीलाई नहटाईएको र राम्रो काम गरिरहेकालाई हटाईएको टिप्पणी गरेका छन् । श्रममन्त्री गोकर्ण बिष्टले राम्रो काम गर्दा गर्दै पनि हटाईएको भन्दै प्रधानमन्त्रीको आलोचना भएको छ । तर प्रधानमन्त्तीका प्रेस सल्लाहाकार थापा, सन्तुलन मिलाउनका लागि प्रधानमन्त्रीले यस्तो निर्णय गरेको बताए ।

प्रधानमन्त्री ओलीले हिजै नेकपाका सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, स्वतन्त्र तर तत्कालीन एमालेको सूर्य चिन्ह लिएर लड्ेका हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई मन्त्री नियुक्त गरेका छन । नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङ महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन । रामेश्वर राय यादव श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन । मोती दुगड, नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन । उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकासको जिम्मेवारी दिइएको छ ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा, परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बास्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ । वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मो। इस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा पनि यथावत जिम्मेवारीमा रहेका छन ।

Loading...