यसरी हुँदैछ शिक्षक पदस्थापन, रिक्त दरबन्दीको जिल्लागत पूरा विवरण

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निम्न माध्यमिक तहका शिक्षकहरुको पदास्थापनाका लागि जिल्लागत र विषयगत दरवन्दी बाँडफाड गरेको छ ।

केन्द्रले शिक्षक सेवा आयोगको खुला विज्ञापनबाट उत्तीर्णहरुको जिल्लाहरुमा पदास्थापनाको लागि जिल्लागत सूची सार्वजनिक गरेको हो । यसअघि केन्द्रले खुला विज्ञापनबाट छनोट भएकाहरुको पदास्थापनाका लागि उनीहरुसँग काम गर्न चाहेको जिल्लागत विवरण संकलन गरेको थियो ।

केन्द्रले अहिले जिल्लाबाट आएका रिक्त दरबन्दीमा पदपूर्तीको लागि गरेको मागका आधारमा जिल्लागत र विषयगत विवरण सार्वजनिक गरेको हो ।आयोगले केन्द्रको तथ्यांकको आधारमा खुला प्रतियोगिताबाट उत्तीर्ण १ हजार ५७४ जनाको नामावली केन्द्रमा पठाएको थियो ।

आयोगले तीनै तहमा खुला विज्ञापन गरेको थियो । जसमध्ये माध्यमिक तहको पदास्थापना भइसकेको छ भने अहिले निम्न माध्यमिक तहको पदास्थापना गर्न लागेको हो । प्राथमिक तहको भने अन्तर्वार्ता पछिको अन्तिम नतिजा प्रकाशित भइरहेको छ ।

हेर्नुहोस शिक्षकको पदस्थापन तथा जिल्ला र विषयगत दरवन्दी बाँडफाँड

 

यहाँ हेर्नुहोस पिडिएफ फाइलमा विवरण

 

Loading...