चार हजार कैदी एकैचोटी जेलमुक्त

एजेन्सी । इथियोपियाको दक्षिणी क्षेत्रीय प्रदेशमा बिहीबार तीन हजार ९९ जना कैदीलाई जेलमुक्त गरिएको छ ।

आउदो सेक्टेम्बर ११ देखि सुरु हुने इथियोपियाको नयाँ बर्षको अवसरमा उनीहरूलाई कैद माफी गरी जेलमुक्त गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

दक्षिणी क्षेत्रीय राज्यका प्रमुख प्रशासक डेसिइ डाल्कीइले आम माफी पाउनका लागि आवश्यक सबै प्रक्रिया र मापदण्ड पूरा गरेकाले उनीहरूलाई जेलमुक्त गरिएको बताए ।

शान्तिपूर्ण रूपमा बाच्ने कैदीको लालसा, कैदमा हुँदाको उसको व्यवहार, कैदीको पारिवारिक अवस्था, स्वास्थ्य अवस्था, कैदीलाई भएको पश्चाताप र उसको अनुशासनको अवस्था लगायतलाई हेरेर कैद माफी दिन सकिने कानूनी व्यवस्था रहेको छ ।

दक्षिणी राज्यले अवलम्बन गरेजस्तै मापदण्ड अपनाएर अम्हारा र टीग्रा राज्यले पनि यसै हप्ताको शुरुमा केही कैदीहरूलाई जेलमुक्त गरेका थिए ।

अम्हारा क्षेत्रीय राज्यले एक हजार ९८१ जनालाई र टिग्रा राज्यले ९५७ जनालाई जेलमुक्त गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

Loading...