शिक्षक आयोगले निकाल्यो मध्यपश्चिमका चार जिल्लाको प्राथमिक तहको नतिजा (पूरा नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । बुधवारदेखि अन्तिम चरणको नतिजा प्रकाशन गर्न सुरु गरेको आयोगले शुक्रबार मध्यपश्चिमका चार जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले शुक्रबार जाजरकोट, जुम्ला, हुम्ला र कालिकोट जिल्लाको नतिजा प्रकाशन गरेको छ ।

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गतेसम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए । यहाँ चारै जिल्लाको पूरा नतिजा दिइएको छ । 

हेर्नुहोस् कालिकोट जिल्लाको नतिजा

हेर्नुहोस् जाजरकोट जिल्लाको नतिजा

हेर्नुहोस् हुम्ला जिल्लाको नतिजा

हेर्नुहोस् जुम्ला जिल्लाको नतिजा

Loading...