उपराष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ, १९ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि पाकिस्तानी राजदूत डा मजहर जावेदले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति भवनमा आज भएको शिष्टाचार भेटमा नेपाल–पाकिस्तान सम्बन्ध, सहयोग र सहकार्यका विविध पक्षमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल–पाकिस्तान सम्बन्ध जनस्तरसम्म फैलिएको र प्रगाढ रहेको बताए । उनले दक्षिण एशियाको शान्तिका लागि सबैको सकारात्मक प्रयास हुनुपर्ने बताए । भेटमा नेपालका लागि पाकिस्तानका राजदूत जावेदले पाकिस्तान र नेपालको औपचारिक कूटनीतिक सम्बन्ध आगामी वर्ष ६० वर्ष पुग्ने भए तापनि दुई देशबीच हजारौँ वर्षको सम्बन्ध रहेको बताए । उनले पाकिस्तानले सधैँ शान्ति चाहेको र शान्तिको पक्षमा रहेको बताएका थिए ।