नेवाः देय् दबूको रजत जयन्ती महोत्सव सम्पन्न

भाद्र १९ ,काठमाडौँ । आदिवासी जनजाति नेवार जातीको राष्ट्रिय छाता संगठन नेवाः देय् दबू २५ बर्षमा प्रवेश गरेको उपलक्षमा बिहिवार काठमाडौँमा रजत जयन्ती महोत्सव मनाएको छ ।
दबूको रजत जयन्तीको उपलक्ष्यमा बिहीबार आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्नुहँुदै प्रदेश नम्बर ३ का सभामुख सानुकुमा श्रेष्ठले नेपाल कला संस्कृतिमा धनी भएकाले समृद्ध नेपाल निर्माण गर्न कला संस्कृतिको अतुलनीय योगदान हुने चर्चा गर्नुभएको छ ।
उहाँले देशभर छरिएर रहेका नेवाः समुदायलाई एउटै मालामा उन्नको लागि नेवाः देय् दबूले संस्थागत पहल गरेको बताउनुभयो ।
नेवाः देय् दबुया केन्द्रीय अध्यक्ष नरेश ताम्रकारको सभापतित्वमा भएको कार्येक्रममा विभिन्न जिल्ला बाट सहभागिता जनाएका दबुका शाखाका प्रतिनिधि – व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
अध्यक्ष नरेश ताम्रकारले नेवाः पहिचानको लागि छरिएका नेवाः समुदायलाई एकताबद्ध पार्न सफल भएको बताउनुभयो ।

नेवा:समुदाय , भाषा, कला लगाएत क्षेत्रका विभिन्न समूहका प्रतिनिधिको कार्येक्रममा सहभागिता रहेका थिए ।