१९ वर्षीय छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेका बाबु पक्राउ

एजेन्सी । मानिसहरु जेलबाट उम्कन अनेक चटक गर्छन । अनेक शैली अपनाउँछन, जालझेल षडयन्त्र गर्छन । त्यस्तै चटक एक व्यक्तिले गरेका छन- ब्राजिलमा । ब्राजिलको चर्चित सहर रियो दे जेनेइरोका जेलमा यो घटना घटेको हो ।

उक्त जेलमा रहेका एक कैदीले आफ्नै १९ वर्षे छोरीको रुप धारण गरेर जेलबाट भाग्न खोजेका छन् । लागुऔषध कारोबार मुद्दामा जेल सजाय काटिरहेका उनले त्यसरी भाग्न खोज्दा पनि प्रहरीले थाहा पाएर पक्राउ गरेको छ ।

हालै जेलका अधिकारी एक भिडियो नै सार्वजनिक गरेर यो घटना विश्वसामु ल्याएका हुन् । ती व्यक्तिले सिलिकन मास्क, विग, ब्रा र टाइट फिटिङ टिसर्ट लगाएर भाग्न खोजेका थिए । भाग्दै गरेका कैदीलाई प्रहरीले समातेको हो ।

उक्त भिडियोमा ४२ वर्षे ती कैदीले आफूले छोरीजस्तो देखिन जे जति सामग्रीको प्रयोग गरेका थिए, ती सबै एकएक गर्दै निकालिरहेको देख्न सकिन्छ ।

अधिकारिका अनुसार बुवालाई जेलबाट भगाउन सहयोग गर्ने छोरीलाई पनि पक्राउ गर्ने सम्भावना छ । जेल अधिकारीका अनुसार १९ वर्षे छोरी आफ्नो बुवा क्लाउभिनो दा सिल्भालाई भेट्न रियो दे जेनेइरोस्थित बांगु थ्री नामको जेलमा आएकी थिइन् । सिल्भा ७३ वर्ष १० महिनाको जेल सजाय काटिरहेका थिए ।

तर, छोरीको रुप धारण गरेर भाग्ने सिल्भाको योजना बीचमै तुहियो । उनको असामान्य रुपलाई गार्डले चिनिहाले । त्यसपछि उनलाई क्यामराको अगाडि पोज दिन लगाइयो र पुनः जेलमा हालियो ।

हेर्नुहोस भिडियो

Loading...