क्रान्तिकारी माओवादीद्वारा जग्गा कब्जा

२३ साउन, कैलाली । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले कैलालीको हरैयामा रहेको सुकम्वासी शिविर कब्जा गरेको छ ।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीकै पहलमा बसाइएका सुकुम्वासीलाई हटाइएको भन्दै बुधबार मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले उक्त शिविर कब्जा गरेको हो ।

क्रान्तिकारी माओवादीका जिल्ला अध्यक्ष रामवहादुर केसीको नेतृत्वमा गएका नेताहरुको टोलीले शिविरमा पार्टीको झण्डा गाडेका थिए । शिविरको जमिनमा पुरानै सुकुम्वासी परिवारलाई बसाउने योजना रहेको क्रान्तिकारी माओवादीले जनाएको छ ।

तत्कालीन विद्रोही माओवादीले हरैया शिविरमा बासालेका सुकुम्वासी परिवारलाई जग्गा बिक्री भएको भन्दै केही साताअघि बल प्रयोग गरेर हटाइएको थियो ।

शिविरका सुकुम्बासीलाई उठाएर धनगढी उपमहानगरपालिका–१७ धुरझन्नामा राखिएको छ। तर, धुरझन्नामा व्यवस्थापन राम्रो नभएको भन्दै केही सुकुम्बासी परिवार पुनः हरैया शिविरमा फर्किएका थिए ।

Loading...