सर्लाहीको बागमतीमा जंगली च्याउ खाँदा एकै घरका ५ जना बिरामी

सर्लाही। सर्लाहीको बागमतीमा जंगली बिशालु च्याउ खादा एकै घर का ५ जना बिरामी परेका छन ।
सुक्रबार घर नजिकै रहेको बाँसको झ्याङ्गमा रहेको च्याउ टिपेर ल्याएको च्याउ पकाएर खाँदा बागमती नगरपालिका- १२ का एकै घरका ५ जना परिवार सिकिस्त बिरामी परेका हुन ।

बिरामी हुनेमा अमर बोट,रामकुमारी बोट,राजकुमारी बोट, सुनिता बोट र किरण बोट रहेको सर्लाही प्रहरीले जनाएको छ !

बिरामी परे पछि शनिवार उनीहरुको हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भैरहेको अस्पतालका प्रबन्ध निर्देशक गौरी महतोले बताए । उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको महतोले जानेका छन ।

Loading...