तेजनारायण आलेमगरको अध्यक्षतामा मगर संघको २८ सदस्यीय सर्लाही जिल्ला कमिटी गठन

सर्लाही, १८ साउन । नेपाल मगर संघ सर्लाहीको पाचौ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । हरिवनमा जारी अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

संघका जिल्ला कार्यवाहक अध्यक्ष माधव पुलामी मगरको अध्यक्षता एवम केन्द्रिय सदस्य लेखराम जर्घा मगरको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

अधिबेशनको बन्द सत्रले पूर्व सचिव तेजनारायण आले मगरको अध्यक्षतामा २८ सदस्यीय जिल्ला कमिटीको चयन गरेको संघले जनाएको छ ।
नयाँ नेतृत्व चयन भएका उपाध्यक्षमा घनश्याम बलम्पाखी मगर ,पुर्ण बहादुर रानामगर ,सचिवमा रवि थापा मगर ,कोषाध्यक्षमा बिनिता किङरिङ्ग र सह सचिवमा कामना क्यापछाकी मगर तथा प्रदिप आले मगर रहेका छन ।

बन्द सत्र अघि अधिवेशनको उदघाटन सत्रका बक्ताहरुले मगरहरु आफ्नो जातिय हक अधिकार भन्दा पनि राजनितिक पार्टीको झन्डा बोकेर हिडेकै कारण पछि परेको बताएका थिए ।

त्यस्को फाईदा राजनितिक दलका नेताहरुले उठाईरहेको र मगरहरु आफैमा दुई धार विभाजित भएका भन्दै एक धार भोकाको कुरा अघाएका सम्म पुर्याउन नसक्दा राज्य र राज्यबाट दिने अधिकारबाट बन्चित बन्नु परेको बताइएको थियो । अधिकांश वक्ताले आफ्नो जातिय हक अधिकारको लागि एकजुट भै अधिकार को लागि निरन्तरता दिनु सक्नु पर्ने बताएका ।

जिल्लाको बागमती ,ईश्वरपुर ,लालबन्दी, हरिवन ,बरहथवा हरिपुर लगायतका स्थानीय तहमा मगर हरुको बसोबास रहेको र जिल्ला भित्र करिब २५ हजार जनसंख्या रहेको संघ का नव उपाध्यक्ष घनश्याम बलम्पाकी मगरले जानकारी दिएका छन ।

उदघाटन कार्यक्रममा मगर संघका युवा नेता निशान मगर जिल्लावरिष्ठ सदस्य दिपक थापा मगर मध्यमाञ्चल प्रदेश पूर्व उपाध्यक्ष नारायण खपाङ्गी ,दुई नम्बर प्रदेश कि सदस्य जयन्ती आले लगायत ले धारणा राखेका थिए ।

Loading...