अविरल वर्षापछि आएको बाढीले बुटवलको ढवाहमा घर नै बगायो

बुटवल, ८ साउन । अविरल वर्षापछि आएको बाढीले रुपन्देहीको ढवाहमा एउटा घर नै बगाएको छ । सतगरी खोलामा आएको बाढीले ढवाह वडा नम्बर १२ पिस पार्क नजिकै रहेको दिपक वि। क। को घर राति १ बजे बगाएको हो ।

बाढीको सम्भावनालाई मध्यनजर गर्दै मंगलबार नै त्यस वरिपरी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा खोलामा जाली तथा ढुंगाको पर्खाल लगाएपनि गएराति आएको ठूलो बाढीको कारण घर बगाएको प्रहरीले जानकारी दिएको छ ।

जोखिमको सम्भावना देखेपछि मंगलबार नै घरका सबै समान अन्यत्र सारेको र घरमा रहेका सबै परिवार बाहिर बसेका कारण कुनै मानवीय क्षति नभएको पनि प्रहरीले जनाएको छ ।

Loading...