८ साउन, काठमाडौं । चालु आर्थिक वर्ष ०७६/७७ को मौद्रिक नीति बुधबार सार्वजनिक हुने भएको छ ।
राष्ट्र बैंकले बुधबार अपराह्न ४ बजे र्याडिसन होटल, लाजिम्पाटमा मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो ।
राष्ट्र बैंकको सञ्चालक समितिबाट पारित भएपछि आज साँझ ४ बजे सार्वजनिक गर्न लागिएको हो ।