क्यान्सरपीडित तारामायालाई झापाली समाजको सहयोग

भद्रपुर, ७ असार । झापाको हल्दिबारी–३ की तारामाया गुरुङ पाठेघरको क्यान्सरले पीडित भएपछि वैदेशिक रोाजगारीबाट घर फर्किएकी छिन् । पाँच वर्षदेखि वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा रहेकी गुरुङ यही असारको अन्तिम साता घर फर्किएकी हुन् ।

कम्पनीमा काम गरिरहेकै अवस्थामा क्यान्सरले पीडित भएपछि उनलाई नेपाली राजदूतावासको पहलमा दुबईमा एक वर्ष उपचार गरिएको झापाली समाज युएईका सदस्य रामप्रसाद ढुङ्गाना बताउछन । हाल घरमै रहेकी गुरुङलाई झापाली समाज युएईले रु एक लाख पाँच हजार २८० सहयोग गरेको छ ।

गुरुङ कार्यरत कम्पनीले शुरुमा बिरामीको बेवास्ता गरेको र झापाली समाजको अग्रसरतामा नेपाली दूतावासमार्फत कम्पनीमा समन्वय गरेपछि करीब दुई लाख दिराम (रु ६० लाख) को उपचार सुविधा गुरुङले पाएकी थिईन ।

वडा नं ३ की अध्यक्ष रोश्नी शिवोकाटीले गुरुङको समस्याबारे थाहा नभएको बताए । उनका अनुसार हल्दीबारी गाउँपालिकाले ‘जनता उपचार कोष’ नै स्थापना गरेर क्यान्सर, मिर्गाैला, मुटुलगायतका रोगीलाई उपचारमा सहयोग गर्दै आएको जानकारी दिए ।उनले गुरुङको अवस्थाबारे बुझेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Loading...