गोरु कुटेको आरोपमा पक्राउ, अदालतमा मुद्दा !

विराटनगर । गोरु कुटेकै आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । व्यक्तिगत रिसिइबीका कारण छिमेकीको गोरु कुटेर अंगभंग बनाउने एक उर्लाबारी–१ का ३० वर्षे प्रेम लिम्बू पक्राउ परेका हुन् ।

मावा खोला किनारमा चर्न गएको गोरु कुटेको अभियोगमा उर्लाबारी नगरपालिका–१ रमेश कार्की ढोलीले गत शुक्रबार खोलाको डिलमा बाँधेरेको गोरुलाई फरुवाको पछाडी पट्टीको भागले प्रहार गरेर अंगभंग बनाएको आरोप लगाएर लिम्बूमाथि उजुरी दिएका हुन् ।

उजुरीका आधारमा लिम्बूलाई पक्राउ गरिएको र प्रारम्भिक अनुसन्धानबाट उनी घटनामा संलग्न पाइएको प्रहरीले जनाएको छ । कोदालो प्रहारबाट गोरुको दायाँ खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न लिम्बूलाई पक्राउ गरेर आइतबार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २८९ को उपदफा ९१० बमोजिम कसुरमा मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।

पशु चौपायलाई कुटपिट गरेर अंगभंग बनाएको ठहर भएमा ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

Loading...