इटालियन पेस्तोलसहित गोंगबुबाट तीनजना पक्राउ

काठमाडौं । गोंगबु मित्रनगरमा स्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको डिएसपी महेश थापा नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका घर भएका प्रीतम राई, रामुकुमार राई र सविन खवास रहेका छन् । खवास अपहरण मुद्दामा जेल परेर छुटेका अभियुक्त भएको प्रहरीले जनाएको छ ।

Loading...