विपतको बेलामा नेपाल प्रहरी : १० तस्वीरमा हेर्नुहोस्

काठमाडौं, २९ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ६० जनाको ज्यान गएको छ भने २६ जना बेपत्ता बनेका छन् ।

यो दुखको खबरसंगै हामीसंग हौसला राख्नसक्ने अर्को खबर छ । ३८ जनालाई घाईते अवस्थामा र १ हजार ४ सय ४४ जनालाई सकुसल उद्धार गर्न सकिएको छ ।

देशका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार भानु जयन्तिको अवसरमा आयोजित कार्यक्रममा भने ‘वर्षाले गरेको विनाशले गर्दा यो वर्ष भानुको यादमा मन रमाउन सकेन ।” उनको मात्र होइन, यो दुखको बेलामा हामी कसैको मन रमाउन सकेको छैन ।

मलेसियालाई दोश्रो टि-२० मा ६ रनले पराजित गर्दै नेपालले २ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज २-० ले जित्दै इतिहासकै पहिलो टि-२० अन्तर्राष्ट्रिय सिरिज क्लिन स्विप जित हाँसिल गरेको छ। यस अघि नेपालले युएईलाई २-१ ले पराजित गर्दै सिरिज जित हासिल गरे पनि क्लिन स्विप गरेको थिएन। नेपालको यो जीत कप्तान पारस खड्काले बाढी, पहिरो पीडितहरुमा समर्पित गरेको घोषणा नै गरे ।

हो, हामी दुखमा छौ । यसो भन्दैमा रोएर र दुख मनाउ गरेर बस्ने बेला होइन यो । सरकारले आफ्नो तर्फबाट विपतमा उद्धार र राहतसम्बन्धी सरकारका ९ निर्णय आइतवार सार्वजनिक गरिसकेको छ । सरकारको एकल प्रयास पर्याप्त नहुन सक्छ , हामी सबै मिलेर बाढी पहिरो पीडितका लागि उद्धार र राहतमा योगदान गरौ ।

३८ जनालाई घाईते अवस्थामा र १ हजार ४सय ४४ जनालाई सकुसल उद्धारको श्रेय दिन सकिने संगठन नेपाल प्रहरीका १० तस्वीर हेर्नुस्

 

तस्वीर : फेसबुक

 

Loading...