बनेपामा पहिरोले घर पुर्दा दुई जनाको ज्यान गयो

काभ्रे, २७ असार । बनेपा नगरपालिका-३ चुनातालमा पहिरोले घर पुर्दा दुई जनाको ज्यान गएको छ ।

 अन्दाजी विहान ११ बजेको समयमा आएको पहिरोले घर पुरिँदा ६० बर्षीय गोमा दंगाल र उनकी ७ बर्षीया नातिनी सुहाबीको ज्यान गएको प्रहरीले पुष्टी गरेको छ ।

उनीहरुको घट्नास्थलमै मृत्यु भएकोले बचाउन नसकिएको जिप्रका काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी गराएका छन् । सोही प्रकोपमा परि घाइते भएका ३० बर्षीय सुशीला दंगाल र ३ महिनाकी छोरी अनुष्कालाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गर्न सफल भएको बताइएको छ ।

घाइतेद्वयलाई उपचारका लागि बनेपाको शिरमेमोरियल अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।

Loading...