प्रदेश १ स्तरीय मिस एसईईको सेमिफाइनलमा पाँच किशोरी छनौट

इकोम मिस एसर्ईई प्रदेश १ को पाँचजना सेमिफाइनलिष्ट छनोट भएका छन् ।

ड्रिम्स वल्र्ड इन्टरटेण्मेटको आयोजनामा भएको प्रतियोगितामा बिभिन्न सब कन्टेष्ट जित्दै उनीहरु सेमिफाइनलका लागि छनौट भएका हुन् । प्रतियोगी नम्बर १ अनुमा राईले “व्युटी एण्ड परपस”प्रतियोगी नम्बर ३३ प्रिसा खरेलले “मिस इन्टेलेक्च्यर”, प्रतियोगिनम्बर २५ रेनु श्रेष्ठले “टप मोडल कन्टेष्ट”, प्रतियोगी नम्बर ९ दिपिका भट्टराईले “हेड टु हेड च्यालेन्स” र प्रतियोगी नम्बर २२ सजिता तामाङले “मिस ट्यालेण्ट” जित्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएका हुन् ।

यी ५ वटै सव कन्टेष्टका लागि भिन्दा भिन्दै प्रतियोगिता फरक फरक निर्णायकको रोहोबरमा गरिएको थियो । प्रतियोगितामा “मिस एथलेटिक” प्रतियोगी नम्बर ८ सबिना राउत बनेकी छिन् । मिस एथलेटिकले भने सेमिफाइनलमा स्थान नपाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रदेश १ का ३४ जना एसईई दिएका किशोरीहरुको सहभागीता रहेको छ । प्रतियोगिताको अन्य सेमिफाइनलिस्टको छनौटका लागि आगामी शनिबार होटल फ्लोरिडामा प्री जजमेण्ट हुनेछ भने मिस मल्टि मिडिया जित्दै सेमिफाइनलमा पुग्न पनि सकिने आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।

प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जेष्ठ २० गते बिर्तामोडको चारपाने स्थित फोर सिजन पार्टी प्यालेसमा हुने बताइएको छ । प्रतियोगिताको मुख्य निर्णायकको रुपमा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल झापा आउने पुडासैनीले जानकारी दिए ।

Loading...