बेलायती राजकूमार फिलिपले यसै हप्ता सार्वजनिक पदबाट अवकाश लिने

लण्डन, १६ साउन । बेलायतका राजकुमार फिलिपले यसै हप्ताभित्र सार्वजनिक पदबाट अवकाश लिनुहुने भएको बेलायतको राजदरबारबाट सोमबार जानकारी गराइएको छ ।

महारानी एलिजावेथ द्वितीयका जीवनसंगी ९६ वर्षीय फिलिपले अन्तिम समयमा कुनै पनि सहयोगी विना नै २२ हजार २०० सार्वजनिक समारोहमा सरिक हुँदै सक्रिय जीवनबाट अवकाश लिन लागेका हुन् ।

द्वितीय विश्व युद्धमा नौसेनाको जिम्मेवारी सम्हालेका ‘डुक अफ एडिनबर्ग’ले बकिङघम राजदरबारमा बुधबार हुने राजकीय नौसैनिक प्रदर्शनमा सरिक हुुनेछन् । उनी बेलायती ‘कमाण्डो फोर्स’का ‘क्याप्टेन जनरल’ छन् ।

दरबारका एक प्रवक्ताले भने, “यो नै सम्भवत राजकूमार फिलिपको व्यक्तिगत रूपमा सार्वजनिक समारोहमा हुने अन्तिम सहभागिता हुनेछ । तर उनले महारानीको उपस्थितिमा समय समयमा हुने कार्यक्रममा सहभागी हुन चाहेमा यो निर्णयले कुनै प्रभाव पार्ने छैन ।”

बेलायतको इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने राजकुमार फिलिपले यसै वर्षको अन्त्यभित्र सार्वजनिक जिम्मेवारीबाट बिदा लिने गत मे महिनामा घोषणा गरेका थिए ।

उनले एलिजावेथ द्वितीयले १९५२ मा आफ्ना पिताको मृत्य भएपछि जिम्मेवारी सम्हालेको र त्यसपश्चात महारानीसँगको नाताले उनले पनि राजदरबारका महत्वपूर्ण जिम्मेवारी हेर्दै आएका छन । अवकासपूर्व व्यक्तिगत रूपमा २२ हजार २१९ सार्वजनिक कार्यक्रममा सहभागिता जनाउनेछन भने हालसम्म ६३७ पटक विभिन्न मुलुकको भ्रमण गर्नुभएको छ । उहाँले पाँच हजार ४९६ ठाउँमा सार्वजनिक भाषण दिएका छन् ।

राजकुमार फिलिपको उमेरका अन्य व्यक्तिको तुलनामा अझै स्वस्थ रहेका छन् । उनलाई गत जुनमा दुई रात उपचारका लागि अस्पताल भर्ना गरिएको भए पनि उहाँ के समस्याका कारण अस्पताल पु¥याएको थियो भन्नेबारे दरबारले सार्वजनिक गरेको छैन ।

एकानब्बे वर्षीय महारानी र राजकुमारले राजकीय जिम्मेवारीलाई क्रमशः कम गर्दै गएकी छन् । उनीहरूको जिम्मेवारी जेष्ठ सुपुत्र राजकुमार चाल्र्स र नाती राजकुमार विलियमलले हेर्दै आएको छ ।

‘डुक अफ क्याम्ब्रिज’ विलियमले आफ्नो एअर एम्बुलेन्सको चालकका रूपमा जिम्मेवारी पूरा गरी गत हप्तामात्र अवकाश लिएका छन् ।

अहिले विलियम तथा उनकी संगिनी केटले राजदरबारका जिम्मेवारीतर्फ पूर्ण समय खर्चिदै आएकी छन् ।

Loading...