भेनेजुयलाको लोकतन्त्रको नियती प्रति युरोपेली संघको चिन्ता

ब्रसेल्स, १६ साउन । युरोपेली संघले लोकतन्त्रका नाममा भेनेजुयलामा भएको विवादास्पद निर्वाचनमा सत्यता मरेको भन्दै सोमबार गम्भीर चिन्ता व्यक्त गरेको छ ।

भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले संविधानको पुनःलेखनका लागि भएको निर्वाचनमा आफूले जितेको भन्दै आइतबार घोषणा गरेका थिए ।

उनले सरकारविरोधी आन्दोलनका क्रममा चार महिनामा एक सय २० जनाको मृत्यु भएको जनाउँदै उक्त अवधिमा भएका गतिविधिमा दोषी ठहर हुने सबैलाई कानूनी दायरामा ल्याइने पनि बताए ।

“गत चौबिस घण्टाका घटनाले भेनेजुयलाको लोकतन्त्रको खराब स्थितिप्रति युरोपेली संघलाई चिन्तित बनाएको छ,” दैनिक पत्रकार सम्मेलनमा युरोपेली आयोगका प्रवक्ता मिना एन्ड्रीभाटले बताए ।

“एउटा संविधान पुनःलेखन गर्ने कार्यका लागि भएको भनिएको निर्वाचन अर्को हिंसा भएको छ, यो समस्याको समाधानको पाटो होइन,” उनले भने ।

“हरेक तरिकाले हिंसाबाट टाढा रहनु पर्ने बेलामा असन्तुलित र अनावश्यक शक्ति प्रयोग गरेको वा भएको प्रति हाम्रो चिन्ता छ,” युरोपेली संघले भनेको छ ।

भेनेजुयलामा आइतबार सम्पन्न आम निर्वाचनमा भएको हिंसाका क्रममा दश व्यक्तिको मृत्यु भएको छ ।

राजनीतिक संकट समाधान गर्नका लागि संविधान पुनःलेखन गर्न भन्दै यहाँका राष्ट्रपतिले नयाँ शक्तिशाली निकायको भन्दै निर्वाचनको आह्वान गरेका थिए ।

यस निर्वाचनको क्रममा मारिएकामा एकजना सैनिक पनि परेका छन् । नयाँ संविधानसभाका लागि भन्दै गरिएको सो निर्वाचनमा उठेका एक उम्मेदवार, दुई प्रदर्शनकारी युवासमेत निर्वाचन हिंसामा परी मारिएका छन् ।

भेनुजुयलाका प्रमुख निर्वाचन अधिकारीका अनुसार विपक्षीले बहिष्कार गरेको निर्वाचनमा ४१.५३ प्रतिशत मात्र भोट खसेको थियो ।

Loading...