दुई मिनेटको हावाहुरीले लियो २७ को ज्यान, करोडौ धनमालको क्षति (मृतकको नामावलीसहित)

बारा, १७ चैत । आइतबार साँझपख अाएकाे भयानक हावाहुरीका कारण मृत्यु हुनेकाे संख्या २७ पुगेकाे छ । साथै तराइका जिल्लामा ठूलाे जनधनकाे क्षति भएकाे छ ।  हावाहुरीबाट बारा जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएकाे छ । हुरीबतासमा परी बारामा २७ जनाकाे मृत्यु भएकाे छ । बाराकाे फेटा गाउँपालिका अध्यक्ष अमेदीलाल प्रसादले फेटामा मात्रै १७ जनाको शव भेटिएकाे बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी हेमबहादुर शाहीले अहिलेसम्म बारामा मात्र २७ जनाको मृत्यु भएकाे जानकारी दिएका छन् । उनले सबैतिर अहिले प्रहरीले उद्धार तथा क्षतिकाे विवरण संकलन कार्य जारी राखेकाे बताएका छन् । 

साँझपख एकाएक असिना र पानीसँगै आएको हावाहुरीले मध्य तराइको बारा, पर्सा र रौतहटमा ठुलो धनजनको क्षति पुर्याएको छ । 

हावाहुरीबाट अधिकांश घरहरु तहस नहस भएका छन। हावाहुरीमा परी जिल्लामा ५०० जनाभन्दा बढी घाइते भएकाे खबर बताइएकाे छ । घाइतेको संख्या बढेपछि अस्पताल भरिएका छन । साथै उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

हावाहुरीले विद्युतको पोल, रुखहरु समेत धेरै ढालेकाे छ । त्यसैगरी घर नजिकैका पाेल ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको थियाे । 

नेपाल प्रहरीले सार्वजनिक गरेकाे मृतककाे विवरण यस्ताे छ:

Loading...