उच्च माध्यमिक शिक्षा परिषद्को सभाद्वारा २३ अर्बको वजेट पारित

एसियाडमा नेपालको नाम राख्ने विमला तामाङलाई १ लाख रकम सहयोग गर्ने निर्णय

उच्च माध्यमिक शिक्षा परिषद्को २३ औ सभा सम्पन्न भएको छ । सभाले परिषदको यस वर्षको लागि प्रस्थावित १ करोड, १७ लाख ५७ ला ४० हजार ९ सयको अनुमानित वजेट पारित गरेको छ । 
सिंहदरवारस्थित शिक्षा मन्त्रालय परिषद्को सभा सम्पन्न भएको हो । सभामा परिषद्की अध्यक्ष तथा शिक्षामन्त्री चित्रलेखा यादवसहित परिषद्का सभाषदहरुको उपस्थिति रहेको थियो । प्रत्येक वर्ष परिषद्को सभा हुने गर्दछ । 
यसैगरी सभाले कोरियामा सम्पन्न १७ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई एक मात्र पदक जिताएर देशको नाम राख्ने विमला तामाङलाई १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि पारित गरेको छ । विमला कक्षा ११ की छात्रा भएकोले उनलाई प्रोत्साहन तथा सम्मानस्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरिएको हो । विमला रेडन उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छन् । 

सभाले परिषद्ले यो आर्थिक वर्षमा खर्च गर्ने विभिन्न शिर्षकहरु र त्यसमा लाग्ने बजेट पनि पारित गरेको छ । यसअघि परिषद्का सभासद दिपक सुवेदीले उमावि शिक्षकहरुका लागि परिषद्ले छुट्याउने गरेको तालिमवापतको रकम सदुपयोग नभएको भन्दै त्यो वजेट छुट्याउन नहुने माग गरेका थिए । उमावि शिक्षकका लागि तालिमका लागि भनेर ठूलो रकम छुट्याए पनि त्यो सदुपयोग नभएकोले बन्द गर्नुपर्ने उनको माग थियो । तर, यसपटक पनि उनको कुराको सुनुवाई भएन । सभाले उमावि शिक्षकको तालिमका लागि ठूलो रकम छुट्याएको छ ।  

Loading...