ग्राम्स्कीकाे चर्चित शैक्षिक लेखक- कस्तो शिक्षा ?

शास्त्रीय र व्यावसायिक विद्यालयहरुको विभाजनको एउटा तर्कसङ्गत सूत्र थियो– व्यावसायिक विद्यालय औजार चलाउने वर्गका लागि हो । शास्त्रीय शिक्षा प्रभुत्वशाली वर्ग र बुद्धिजीवीहरुका लागि हो । सहर तथा गाउँमा औद्योगिक आधारको विकास हुनुको मतलव थियो– नयाँ सहरी बुद्धिजीवीहरुको बढ्दो आवश्यकता । शास्त्रीय विद्यालयसँगसँगै प्राविधिक विद्यालय विकसित भयो । यसले सामान्य संस्कृतिको मानवीय कार्यक्रमको सिद्धान्त अर्थात् ग्रीक–रोमन परम्परामा आधारित सामान्य संस्कृतिको मानवीय कार्यक्रममाथि नै प्रश्न उठाइदियो । कार्यक्रममाथि एकपटक चुनौती खडा भसकेपछि यसलाई विनाशबाट बचाउन गाह्रो छ । त्यसको कारण के हो भने त्यस कार्यक्रमको रचनात्मक क्षमता धेरै समयसम्म कहीँकतैबाट चुनौती नखेपेको सभ्यताको एउटा विशिष्ट स्वरुपको समान्य र परम्परागत प्रतिष्ठामा टिकेको थियो । 
 
आजको आवश्यकता यस्तो हो, जो मानवीय हितनिरपेक्ष या रचनात्मक शिक्षालाई अन्त्य गर्नु हो । यस्तो शिक्षा त्यस्ता मुट्ठीभर मान्छेहरुका लागि मात्र जोगाइराख्न सकिएला, जुन धनीमानी पुरुष तथा महिला, जसलाई भविष्यमा कुनै करियरको चिन्ता छैन । यस्तो शिक्षाको ठाउँमा विशेषज्ञता प्राप्त व्यावसायिक विद्यालयहरुको लगातार बृद्धि भइरहेको छ । जहाँ विद्यार्थीहरुको भाग्य र भविष्य पहिले नै टुङ्गो लगाइसकिएको हुन्छ । यस सङ्कटको समाधान निम्नलिखित तरिकाद्वारा गरिनुपर्छ– पहिलो, विद्यार्थीहरुलाई सामान्यखालको शिक्षा दिनुपर्छ, जसले उसलाई सामान्य मानवतावादी रचनात्मक संस्कृति प्रदान गरोस् । यस्तो शिक्षाले शारीरिक रुपमा काम गर्ने क्षमताको विकास र बौद्धिक कामका लागि आवश्यक क्षमताको विकासको बीचमा सन्तुलन कायम गर्न सक्नुपर्छ । यसप्रकारको सामान्य शिक्षा प्राप्त गरिसकेपछि व्यावसायिक कामका बारेमा लगातारको प्रयोगद्वारा विद्यार्थी कुनै विशेषज्ञताप्राप्त विद्यालय वा कुनै उत्पादनक काममा सहभागी हुन सक्छ । 
 
हामीले के ध्यान दिनुपर्छ भने हरेक व्यावहारिक क्रियाकलापको प्रवृति जसरी आफ्नो लागि विशेषज्ञ विद्यालयको स्थापनाको दिशामा विकसित भइरहेको छ, त्यसरी नै बौद्धिक क्रियाकलापको प्रवृति पनि आफ्नो लागि आफ्नै सांस्कृतिक समुदाय निर्माण गर्न उन्मुख छ । यो संस्थाले शिक्षा अध्ययनपछि महङ्खवपूर्ण काम गर्छ । यसद्वारा सङ्गठनमा विशेषीकरण गर्न सम्भव हुन्छ, जसमा वैज्ञानिक क्षेत्रमा हुने प्रगतिबारे अवगत गराउन सम्भव हुन्छ । 
 
यसो भन्न सकिन्छ कि विचारविमर्श गर्ने संस्थाहरु निरन्तर आफ्नो गतिविधि अघि बढाउँदै जैविक पहलुमा विभाजित भएका छन्– एउटा, वैचारिक विवेचनात्मक क्रिया, जसको सारतत्व हो– प्राविधिक–सांस्कृतिक क्रिया, जसमा विशेषज्ञहरुले आफूले निष्कर्ष निकाल्नुपर्ने सवाललाई पहिले परीक्षण र पछि वैज्ञानिक पद्धतिद्वारा विश्लेषण गर्छन । जसले पहिले नै विशाल नोकरशाहीतन्त्र निर्माण गरेका छन्, यो विशेषज्ञहरुको विभागहरुको अतिरिक्त एउटा नयाँ ढाँचा हो । यसले विचारविमर्श गर्ने संस्थाहरुका लागि प्राविधिक सामग्रीहरुको उत्पादन गर्छ । कर्मचारीहरुको अर्को संस्था पनि निर्माण गरिएको हुन्छ । यो धेरथोर हितनिरपेक्ष स्वयमसेवकहरुको संस्था हुन्छ । यसको चयन उद्योग, बैङ्क, वित्तीय पुँजीका घरानाहरुबाट गरिन्छ । यो यस्तो यन्त्रपद्धति हो, जसको माधमद्वारा करियर नोकरशाहीले अन्ततः लोकतान्त्रिक शासनप्रणाली र सांसदहरुलाई आफ्नो कब्जामा पार्छ । संयन्त्रपद्धतिको जैविक रुपमा विस्तार गरिदैछ । यसरी यसले शासनप्रणाली र नोकरशाहहरुमाथि आफ्नो प्रभुत्व कायम गर्न थालेको छ । यसमा एउटा आवश्यक जैविक विकास अन्तरनिहित छ । यिनीहरुले राजनीतिक दक्ष व्यक्तिहरुलाई आजको महान् र जटिल राष्ट्रिय समाजको व्यवहारिक प्रशासनिक समस्यामा दक्ष व्यक्तिहरुसँग संयोजित गर्दैछन् । त्यसैले यसलाई बाहिरबाट निराकरण गर्ने हरेक नैतिक उपदेश र शब्दजाल पश्चाताप गराउनेवाहेक अरु गर्नु होइन । 
 
प्रश्न उठ्न सक्छ कि प्राविधिक राजनीतिक व्यक्तिको प्रशिक्षणले के परिवर्तन आएको छ । जसले नयाँ आवश्यकताअनुसार आफ्नो सांस्कृतिक विकास पूरा गर्न सकोस् । प्रश्न यो पनि छ कि नयाँ खालका विशेषज्ञहरु कसरी तयार पार्ने, जो सामूहिक रुपमा विचार विमर्शको क्रियाको पूरक बन्न सकोस् । पारम्परिक कोटीको राजनीतिक नेता केवल औपचारिक वैधानिक गतिविधिहरुको ज्ञाता मात्र हुन्छ । उनीहरु पुरातनपन्थी बन्दै गइरहेका छन् । यो राज्यलाई खतरा सावित हुन्छः नेतामा न्यूनतम प्राविधिक संस्कृति आवश्यक छ । जसले गर्दा उसले आफैले त्यसबारेमा निर्णय गर्न नसके पनि कम्तीमा विशेषज्ञहरुले प्रस्तुत गरेको समाधानको उपाय त बुझ्न सकोस्, त्यसको बारेमा कसरी निर्णमा पुग्ने भनने जस्ता राजनीति प्रविधिको संयोजनद्वारा सही समाधान दिन सक्षम होस् । 

 

व्यवस्थापिका संसद्को प्रणालीको चर्चा अरु ठाउँमा गरिसकिएको छ । जो प्राविधिक विशेषज्ञतालाई समावेश गर्दै यथार्थवादी तरिकाले काम गर्न चाहेको छ । यहाँ के कुराको विवरण प्रस्तुत गरिन्छ भने केही पत्रिकाका सम्पादकीय कमिटिले सांस्कृतिक समूहको हैसियतमा काम गर्छन । समूहले एउटा संस्थाको हैसियतमा आलोचना गर्छ र यसरी नै सबै सम्पादकहरुको व्यक्तिगत दायित्वलाई पनि परिभाषित गर्छ । उनीहरुको कामको योजनाबद्ध तरिकाले श्रमविभाजनको आधारमा कामको बाँडफाँड तर्कसङ्गत पाराले गरिएको हुन्छ । सामूहिक बहस र आलोचनामा हरेक व्यक्ति आफ्नो क्षेत्रमा विशेषज्ञको काम गर्छ र समूहको विशेषज्ञतालाई पूर्ण बनाउन सहायक हुन्छ । यसरी वास्तवमा सम्पादकको औसत स्तर सफलतापूर्वक यति माथि  उठ्छ कि उसले सर्वाधिक दक्षताको उचाई अर्थात् क्षमता प्राप्त गर्छ । यसप्रकार यसले केवल पत्रिकाका लागि निपूर्ण र जैविक सहयोग मात्र पु¥याउँदैन । यसले बुद्धिजीवीहरुको समान अर्थात् उस्तै लाग्ने समूहको मात्र पु¥याउँदैन । यसले बुद्धिजीवीहरुको समान अर्थात् उस्तै लाग्ने समूहको उदय पनि गराउँछ, जो नियमित रुपमा सही पद्धतिको लेखनका लागि प्रशिक्षित हुन्छ ।