पूर्व युवराज पारस शाहको मुटुको धमनी बन्द भएको खुलासा

काठमाडौँ, १६ माघ । पूर्व युवराज पारस शाहकाे मुटुकाे धमनी बन्द भएकाे थाहा भएकाे छ । मंगलबार दिउसाे एकाएक छातीमा समस्या अाएपछि शाहलार्इ अाकस्मिक रुपमा थापाथलकाे नर्भिक अस्पताल पर्याइएकाे थियाे ।

ललितपुरकाे पाटनम मन्दिरमा पुगि पुजा गरिरहेका बेला पारस विरामी परेका थिए । पुजा गर्दै गर्दा छातीमा पीडा सुरु भए पछि छिटाे छिटाे पुजा सकेर हिड्का बताइएकाे छ। पुजास्थलबाट अाफ्नी फुपु शाेभा शाहीकाेमा गएर केहीबेर अाराम गर्दा पनि दुखाइ नघटेपछि उनी नर्भिक अस्पताल पुगेकाे बताइएकाे छ । नर्भिकमा पुगेपछि उनकाे मुटुकाे एउटा धमनी बन्द भएकाे र अर्काे धमनी अस्पष्ट भएकाे पत्ता लागेकाे थियाे ।

मुटुकाे धमनी नै बन्द भएपछि पारसले निकै धेरै दुखाइ महशुस गरेकाे निकटकाे भनाइ छ । नर्भिकमा एक घन्टा लगाएर मुटुकाे धमनी नै फेरेपछि उनी केही सामान्य बनेकाे बताइएकाे छ ।

पटकपटक हृदयाघात भएर विरामी पर्ने गरेका पारस शाह मंगलबार बिहान ललितपुरकाे पाटनस्थित विभिन्न मन्दिरमा पूजाआराधाना गर्न पुगेका थिए । पारस पाटनका मन्दिर पुगेपछि वरिपरिका मानिसहरु उनलाइ हेर्न घुइचाे नै लागेका थिए । तर, उनले पुजा गर्दा गर्दै छातीमा पीडा भएकाे महशुस गरेकाे बताइएकाे छ । तर, उनले त्याे कुरा त्यतिबेला कसैलाइ नभनेकाे र छिटाेछिटाे पुजा सकाएर निस्केकाे बताइएकाे छ ।

मन्दिरबाट निस्कनै लाग्दा पारिवारिक सदस्यलाई पारसले आफ्नो पीडाबारे जानकारी गराएकाे र त्यसपछि उनी त्यहाँबाट कमलादीस्थित फुपु शाेभा शाहीको घरमा पुगेका थिए । फुपुकाे घरमा केहीबेर आराम गरेपछि पनि उनलाई सञ्चो नभएका कारण त्यहाँबाट नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएको थियाे ।

पारस दिउसाे सवा चार बजे मात्र अस्पताल पुगेका थिए । अस्पतालको इन्टरनेसल इर्मजेन्सी केयर युनिटमा राखेर औषधि उनलाइ अाैषधी खुवाइएकाे थियाे । तर उनकाे पीडा कम नभएपछि तत्कालै क्याथल्यावमा सारेर थप चेकजाँच गरिएकाे अस्पतालले जनाएकाे छ ।

हृदयाघातको समस्या झेलिरहेका पारसलाई क्याथल्यावमा लग्नासाथ चिकित्सकहरुले कोरोनोरी एन्जियोग्राम गरेका थिए। त्यसबाट उनको मुटुको एउटा धमनी बन्द भएको र अर्को पनि अस्पष्ट भएको पत्ता लागेकाे हाे । त्यसलाई चिकित्सकहरुले गम्भीर प्रकृतिको हृदयाघात (मेजर हर्टअट्याक) भन्ने गरेकाे बताइन्छ ।

यसअघि पनि शाहलाई हृदयाघात भएको थियो र धमनी खोेलेर स्टेन्ट नै राखिएको थियो। मैनालीले सोमबार शाहको थप नयाँ धमनी बन्द भएको बताए।

Loading...