आमालाई सम्झेर एयरपोर्टमै भाबुक भए नेपाल आइडल रवि ओड (भिडियोसहित)

काठमाडाैं । नेपाल आइडल २ पहिलो अन्तरास्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ ।

टप ५ प्रतिस्पर्धी सहितको टोलि आज ८ बजेको उडानमा जापान उडेको छ । नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् ।

जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दै नेपाल आइडल २ का बिजेता रवि ओडले आमाको कुरामा भाबुक बनेका थिए । उनले नेपाल अाइडलले विदेशमा पहिले नै सबै कार्यक्रम फिक्स गरिसकेकाे र बीचमा दु:खद घटना घटेकाे बताए । साथै अाफ्नाे तीन जना भाइ भएकाे र अाफूले रामक्रिया गरेर अाइडलकाे यात्राका लागि अाएकाे बताए । बाँकी मृत्यु संस्कार अरु भाइ र अाफ्नाे पीताले गर्ने उनले बताए । उनले अाफ्नाे अामाले छाेराकाे केही खुसी हेरेर जानुभएकाे तर अाफूले अब अरु अामाहरुका लागि अागामी दिनमा केही गर्ने अठाेट सुनाए । 

हेर्नुहाेस भिडियाे

Loading...