काठमाडाैं । जापानमा शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित भएको छ । स्थानीय समय अनुसार आइतबार बेलुका ८ बजेतिर तरामी आँधीका कारण ओसाका शहर नजिकै भूक्षय भएको बिबिसीले जनाएको छ ।
आँधीका कारण तीव्र गतिमा हावा चलेको छ । यो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ । आँधी पूर्व तर्फ बढेका कारण धेरै उडान रद्द गरिएका छन् भने रेल सेवा पनि अवरुद्ध भएको छ ।
यस्तै सात लाख ५० हजार भन्दा धेरै घरमा विद्युत आपूर्ति बन्द भएको छ । कम्तिमा ८४ जनालाई चोट लागेको छ ।
पछिल्लो २५ वर्ष यताकै शक्तिशाली आँधीका कारण देशको पश्चिमी क्षेत्रमा क्षति गएको एक महिना नबित्दै अर्को आँधी आएको हो । सेप्टेम्बरको सुरुमा आएको जेबी आँधीका कारण कम्तिमा सातजनाको ज्यान गएको थियो ।