स्थानीय संस्कृति संरक्षणका लागि रेष्टुरेन्ट

ललितपुर, २ साउन । स्थानीय संस्कृतिको संरक्षण गर्नका लागि व्यवसायीहरुले विभिन्न व्यवसाय सञ्चालन गर्दै अाएका छन् । यसै क्रममा ललितपुरकाे पुल्चाेकमा स्थानीय संस्कृति संरक्षणकाे उद्देश्यसहित एम्बिन्स ३६५ रेष्टुरेन्ट सन्चालन गरिएको छ ।

एम्बिन्स रेष्टुरेन्ट ललितपुरमा एक दशक अगाडि नै खाेलिएकाे थियाे । दशकभन्दा पुरानो इतिहास बोकेको एम्बिन्स रेष्टुरेन्टलाई एम्बिन्स ३६५ रेष्टुरेन्टको नामबाट पुनः सन्चालनमा ल्याइएकाे हाे । युवा पुस्तामाझ निकै लोकप्रिय गायक दिपक बज्राचार्यको भव्य साङ्गीतिक कार्यक्रमका बीच याे रेष्टुरेन्टकाे उद्घाटन गरिएकाे हाे ।

रेष्टुरेन्टका व्यवस्थापक केशव महर्जनले अाफूले स्थानीय संस्कृतिकाे संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि याे रेष्टुरेन्ट सुरु गरेकाे बताए । स्थानीय संस्कृतिसँग सम्बन्धित विभिन्न दृश्य सामग्रीको स्क्रीनिङ गर्दै रेष्टुरेन्टमा विभिन्न परिकार खान सकिने उनकाे भनाइ छ । विदेशी पर्यटकका साथै स्थानीय युवा पुस्तामाझ अाफ्नाे संस्कृतिको प्रचार प्रसार गर्ने महर्जनकाे भनाइ छ । रेष्टुरेन्टको यस योजनाले संस्कृति संरक्षणमा टेवा पुग्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत सहयोग हुने महर्जनकाे विश्वास छ ।

रेष्टुरेन्टको व्यापार व्यवसायमात्र नभइ उनले स्थानीय विकास निर्माणमा समेत यसबाट सहयाेग पुर्याउने महर्जनको भनाइ छ । स्थानीय जनप्रतिनिधि, संघसंस्थासँग पनि समन्वय गर्दै रेष्टुरेन्टले स्थानीय विकास निर्माणका योजनामा समेत सहयोग पु¥याउने महर्जनले बताए ।

 

Loading...