अनाधिकृत रुपमा पार्किङ गर्ने ३९ हजार सवारीसाधन कारवाहीमा

काठमाडौँ, २७ साउन । ट्राफिक प्रहरीले अनाधिकृत रुपमा फुटपाथ तथा सडकमा पार्किङ गर्ने ३८ हजार ८८६ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा जथाभावी रुपमा फुटपाथमा पार्किङ गर्ने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४÷०७५ मा ३३ हजार ७०३ सवारीसाधनलाई कारवाही गरेको थियो । महाशाखाले उपत्यकाको पुतलीसडक, […]

वडा कार्यालयमा बम विष्फोट, वम पडकाउनेको खोजि गर्दै प्रहरी

झापा, २७ साउन । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको […]

भ्रष्टाचार मुद्दा लागेपछि कलंकी मालपोतका पूर्वकर्मचारीले गरे आत्महत्या

उदयपुर ,२७ साउन । एकजना पूर्वकर्मचारीले आफू ठूलो भ्रष्टाचारी नभएको भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्। त्रियुगा नगरपालिका १० का ५५ वर्षीय पूर्वनायव सुब्बा हरिप्रसाद आर्चायले अख्तियार प्रमुखको नाममा दुई पानाको सुसाइड नोट लेखी आत्महत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सुसाइड नोटमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेको नाम उल्लेख छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका […]

गाउँगाउँमा सुरु भयो ‘एक घर, एक रोजगार’ कार्यक्रम

वीरेन्द्रनगर, २७ साउन । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो । “कामका लागि विदेशमा जाने […]

४० जना जुवाडेसहित प्रहरीले गर्यो लाखौ रकम बरामद

पोखरा, २७ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ । पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित एक लाख २१ हजार […]

प्रअ हुन तीब्र प्रतिस्पर्धा चलेपछि महिनौदेखि शिक्षकले तलबै पाएनन

पाल्पा, २७ साउन । राजनीतिक विवादका कारण राधाकृष्ण माध्यमिक विद्यालय निस्दी गाउँपालिका–१ बाकामलाङ्मा प्रधानाध्यापक नियुक्त हुन सकेको छैन । प्रधानाध्यापक नियुक्त नहुँदा शिक्षक कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । प्रधानाध्यापक पीताम्वर भण्डारीले अवकाश लिएपछि २०७५ चैत २८ गतेदेखि निमित्त प्रअको कार्यभार प्रावि तहका स्थायी शिक्षक हुमबहादुर रानालाई दिइएको छ । नयाँ प्रअ नियुक्ति राजनीतिक […]

मुक्तकमलरीको भवन निर्माण

घोराही, २७ साउन । मुक्तकमलरीले झण्डै एक करोडको लगानीमा आफ्नै भवन निर्माण गरेका छन् । नेपाल सरकार तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत ८० लाख, मुक्तकमलरी विकास मञ्चको आठ लाख ८८ हजार लागत र मुक्तकमलरी विकास मञ्चको आन्तरिक कोषबाट आठ लाख ३८ हजार गरी कूल ९७ लाख २७ हजार ७१ मा साढे तीन तले भवन निर्माण गरिएको […]

‘एक घर, एक रोजगार’ कार्यक्रम

वीरेन्द्रनगर, २७ साउन । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो । “कामका लागि विदेशमा जाने […]

गण्डकी प्रदेशले अब आफ्ना कर्मचारी आफै भर्ना गर्ने, आयो लोकसेवा आयोग सम्बन्धि छुट्टै विधेयक

पोखरा, २६ साउन । गण्डकी प्रदेशले अब आफ्ना कर्मचारी आफै भर्ना गर्ने भएको छ । प्रदेश सरकारले ल्याएको छुट्टै लोकसेवा आयोग सम्बन्धी विधेयक प्रमाणीकरण भएपछि अब कर्मचारी भर्नाको बाटो खुलेको हो । प्रदेश सरकारले लोक सेवा आयोगको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको छ । गण्डकी प्रदेश सभाले […]

भोलि सार्वजनिक विदा

काठमाडौं, २६ साउन । इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीको चाड इद–उल–अजहा ९बकर इद०को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् । उनले शुभकामना सन्देशमा भनेका छन्, […]