मलेसियामा एक नेपालीको मृत्यु

सप्तरी ,२२ कात्तिक। सप्प्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिए । अचानक बेहोस भएर मृत्यु भएको भनिएपनि कुन कारणले कसरी […]

नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन छैनः भारत

काठमाडौं, २२ कात्तिक । भारतीय विदेशमन्त्रालयका प्रवक्ताले हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरिएको बताएका छन् । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता रविश कुमारले सो कुरा बताएका हुन । पत्रकारले भारतले गत शनिवार सार्वजनिक गरेको नयाँ नक्सा र सो सम्बन्धमा उठेका विषय र नेपाल सरकारले आधिकारिक विज्ञप्तिका […]

करौडौंका सरकारी गाडी अलपत्र, बिग्रिएका बन्दैनन् नयाँ किन्दैनन्

तम्घास , कात्तिक २२ गते । गुल्मीमा सरकारी सेतो प्लेटनम्बरका सवारी साधन प्रयोगविहीन अवस्थामा रहेका छन् । जिल्लास्थित विभिन्न सरकारी कार्यालयमा विग्रिएको अवस्थामा सरकारी गाडी एकातिरको कुनामा थन्किएर बसेका छन् । तिमध्ये कुनैको अभिलेख छ भने कुनै सरकारी गाडीको अभिलेख समेत पाइदैन् । सबैभन्दा धेरै मूल्यका जिल्ला समन्वय समितिमा र सबैभन्दा कम मूल्यका डिभिजन बन कार्यालयमा […]

शिक्षा मन्त्रालयले सार्वजनिक गर्यो नयाँ राष्ट्रिय शिक्षा नीति, यस्ता छन केही प्रमुख बुँदाहरु

काठमाडौं, २१ कार्तिक । सरकारले शिक्षा नीति स्वीकृत गरेको छ । बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गरी शिक्षा नीति पारित भएको जनाएको हो । शिक्षा नीति पारित भएको जनाएपनि मन्त्रालयले त्यसलाई सार्वजनिक भने गरेको छैन । पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा नीतिले समग्र शिक्षा क्षेत्रलाई दिशानिर्देश गर्दै सार्वजनिक शिक्षाको सवलीकरणमा […]

कर्णालीलाई दुई वर्षमा धपक्कै बाल्ने उर्जामन्त्रीको घोषणा

सल्यान, २१ कात्तिक । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताएका छन् । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर काम […]

आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन कात्तिक २६ देखि

काठमाडौँ, २१ कात्तिक । आप्रवासी कामदारको मानव अधिकार संरक्षणमा सहयोग गर्ने उद्देश्यले यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायको सहभागितामा काठमाडौँमा अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ । यही कात्तिक २६ गतेदेखि शुरुहुने तीनदिने सो सम्मेलनमा ३० मुलुकका ६२ भन्दाबढी प्रतिनिधिको सहभागिता हुने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । अहिलेसम्म २५ मुलुकका प्रतिनिधि आउने निश्चित […]

अलैँचीको भाउ नपाउँदा किसान निराश

बागलुङ, २० कात्तिक । चार वर्षअघि जैमिनी नगरपालिका–१० राङ्खानीका किसानले सुकेको अलैँची प्रतिकिलो रु दुई हजार २०० मा बेच्थे । अलैँची व्यापारी खरिदका लागि किसानको घरघरै पुग्थे । राम्रो भाउ पाउँदा किसान खुशी थिए । अहिले अलैँचीको मूल्य घटेर प्रतिकिलो रु पाँच सय पुगेको छ । फलेको अलैँची पनि बेच्नै गाह्रो छ । उचित मूल्य […]

भारतले जारी गरेको नक्साप्रति नेविसङ्घको आपत्ति

काठमाडौँ, २१ कात्तिक । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ ले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकामा आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घले भारत सरकारले भर्खरै जारी गरेको नक्सामा नेपाली भू–भाग कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको भन्दै विरोध गरेको हो । नेविसङ्घले आज त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको […]

दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ: मन्त्री पुन

सल्यान, २१ कात्तिक । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताए । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सल्यानले आज सल्यानको बरलामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृिद्धको सपना बोकेर काम अगाडि […]

भारतको राजनीतिक नक्सा नेपालले खारेज गर्ने, लिपुलेक बचाउन प्रतिवद्ध रहेको भन्दै परराष्ट्रमन्त्रालयले जारी गर्यो यस्तो भनाई

काठमाडौँ, २० कात्तिक । भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्साका विषयमा एकपक्षीय ढंगबाट गरिनै कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने बताइएको छ । नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवम् टिप्पणीप्रति परराष्ट्र मन्त्रालयबाट प्रकाशित विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको हो । विज्ञप्तिमा कालापानी क्षेत्र नेपालको भूभाग भएका स्पष्ट रुपमा बताइएको छ […]